आइतवार, श्रावण २४ गते २०८३

वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागि हुन गगनको आग्रह

शुक्रवार , भाद्र १८, २०७८

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले आजबाट शुरु हुन लागेको वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागि हुन आग्रह गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा थापाले वडा पार्टी संरचनाको आधारभूत तह मात्र नभइ पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ पनि भएको उल्लेख गरेका छन्।

‘ने.काको वडा तहको अधिवेशन आज आरम्भ हुँदैछ। वडा पार्टी संरचनाको आधारभूत तह मात्र होइन यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ पनि हो। सम्पूर्ण क्रियाशील साथीहरूलाई उत्साहपूर्वक यो प्रक्रियामा सहभागी हुन अनुरोध गर्दछु।’ थापाले लेखेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार