आइतवार, श्रावण २४ गते २०८३

महङ्गीको चपेटामा म र मेरो समुदाय

शनिवार , भाद्र १६, २०८०

राम प्रसाद न्याैपाने, काठमाडाैं। नेपाल देश मेरो पनि हो। नेताजी र कर्मचारीहरूको मात्र होइन। हालै मात्र पेट्रोल, डिजेलमा मूल्य वृद्धि तथा ग्यासमा २३५ आजसम्मकै सबैभन्दा बढी मूल्यवृद्धि गरिएको छ । याे सन्दर्भमा सरकारप्रति खेद प्रकट गर्दछु। देशमा लाखौं साँढेहरु पाल्ने ठेक्का हामी नेपाली सामान्य नागरिकहरूले लिएको हो ? किन सरकारमा बस्नेहरूले जनता प्रति आफ्नो उत्तरदायित्व पुरा गर्दैनन् ? 

सरकार भाउ बढाउन त सक्छ तर सुविधा दिन किन सक्दैन ? विदेशीहरूले लिएको Tax (कर) को प्रतिशत देखाउने सुविधा आफ्नो जनतालाई दिएको सुविधा नदेखाउने के योदेश नेता र ठूलो कर्मचारीहरूले मात्र रजाईं गर्ने थलो हो लाज लाग्नु पर्दैन ? यस्तो वेथितिले देश सर्वनाश हुने खतरामा छ युवा पलाएन यसैको प्रतिफल हाे भन्ने मलाई लाग्छ।  

भन्नेछन् युवाहरू नेता र ठूला कर्मचारीहरू पाल्न मेरो मेहनत पसिनाको कमाई दिन पर्ने हो ? मैले के पाई प्रश्नै प्रश्न ? कमाई नहुँदा सरकारले आफ्नो जनता पाल्न पर्नेमा उल्टै-कर-कर कर भन्ने  जनता मरेको मरेकै जनता के चाहन्छ सरकारले कुनैदिन साेधेकाे छ?

लौ न अब जागौँ हामी जनता यस्ता घटनाहरूमा एक भएमा साँढेहरुले जे मन लाग्यो त्यही गर्न पाउने थिएनन् जस्तो लाग्छ यो तपाईं हामी नबोलेर नै भएकाे हाे। राजनीति कार्यकर्ता सबै जना बनौ तर यस्ता मुद्दाहरूमा साझा बन्न सिकौँ । हाेईन भने घट्दा १० रूपयाँ घटाउने मूल्य घटायाैँ भनि ठूला कुरा गर्ने बढ्दा २३५ बढ़ने अनि साँढेहरू पालेर बस्ने ?  लाजलाग्ने दिन कहिले आउँछ ? 

मेरो मात्र पीडा होइन लुटाहाहरू करिब १ लाख पचास हजारदेखि २ लाखसम्म हाेलान्। तर अन्य सबै लुटाउने मा छौं किन हामी एकजुट हुन सक्दैनौ? महङ्गीकाे विरुद्ध आवाज उठाउन २ कराेड ८६ लाख जनता किन एक हुन सक्दैनाैँ? दुई लाख छाडेर त सबै पीडित नै त छाैं। सबैको जय होस्।

(न्याैपाने काठमाडाैं महानगरपालिका- ४ बालुवाटार निवासी हुन्।)

प्रतिक्रिया
सम्बन्धित समाचार