आइतवार, श्रावण २४ गते २०८३

गगन थापाले फेरी भने : वर्तमान सरकारलाई गल्ती गर्ने कुनै छुट छैन 

शुक्रवार , श्रावण १५, २०७८

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख गर्दै कहींकतै नचुक्न पनि ध्यानाकर्षण गरेका छन् ।

उनले यसअघी पनि सरकारलाई यस कुराको ध्यानाकर्षण गराउदैँ आएका छन् । बीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता थापाले केपी ओलीले यो गरेन त्यो गरेन भन्ने दिन गएको स्मरण गराउँदै कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने बताए ।

नेता थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यकता पनि औंल्याए । फरक प्रसंगमा उनले पार्टीको आसन्न १४औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गरे ।
नेता थापाले पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठक नभएको पनि दावी गरे ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार