आइतवार, श्रावण २४ गते २०८३

जनतालाई देखाएको सपना पूरा गर्न नसक्दा ओली बालकोटको बारदलीसम्म पुगे  ः गगन थापा

आइतवार , श्रावण ३, २०७८

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गगन थापाले दुई तिहाईको बहुमतको सरकार हुँदा पनि निवर्तमान प्रधानमन्त्री केपी ओलीले घर सम्हाल्न नसकेको आरोप लगाएका छन् ।

ओलीले पाएको जिम्मेवारी सम्हाल्न नसकेर जनताको मागअनुरुप नयाँ सरकार बनेको भन्दै कांग्रेसको काँधमा जिम्मेवारी आएको बताए ।

नेपाल महिला संघ व्यास नगर समितिद्वारा आयोजित नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महिलाको भूमिका, चुनौती र अवसर विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ओली सरकारले धेरै जनतालाई झुक्याएर मत लिएकाले अहिले बालुटारबाट निकालिएको भनाई राखे । कांग्रेसले एमालेको पार्टी फुटाउन लागेको भन्दै प्रचार गर्ने कार्य गरी तमासा देखाएको उनले आरोप लगाए । 

जनतालाई देखाएको सपना पूरा गर्न नसक्दा बालुवाटारबाट नेकपा एमाले अध्यक्ष ओलीलाई बालकोटको बारदलीसम्म पु¥याएको उनले बताए । उनले बालकोटको बारदलीमा बसेर गर्जनुपर्ने अवस्थामा पुग्नु घरको सुरक्षा गर्न नसक्दाको परिणाम भएको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार