नेपाल पूँजीबजार लगानीकर्ता संघमा आज बाट अध्यक्षको रुपमा मेरो कार्यकालको तिन बर्ष पुरा भएको छ। आज सम्मको यात्रामा साथ दिनुहुने सम्पुर्ण लगानिकर्ता साथिहरु, संघमा आवद्द सदस्य, प्रदेश संयोजक, सह–संयोजक, जिल्ला संयोजक, जिल्ला सह–संयोजक, मिडियाकर्मी, अग्रज लगायत सेयर बजारसंग सम्बन्धीत सम्पुर्ण सरोकारवाला प्रती हार्दिक आभार ब्यक्त गर्दछु। सातै वटै प्रदेश र ७७ जिल्लामा संघको संगठन विस्तार गरि लगानी कर्तालाई सचेतना फैलाउने सरकारी नितिलाई सहयोग गर्दै लगानीकर्ताको हकहितका लागि प्रतिवद्ध भई कार्य गर्दै आइरहेको छ ।
संघले हालसम्म गरेका प्रमुख कार्यहरु
२०७६ जेष्ट १८ गते अर्थ मन्त्रालय, आन्तारिक राजस्व कार्यलयबाट लगानिकर्ताले घाटामा पनि कर तिर्नु पर्ने (बोनस र हकप्रदलाई रु.१०० नै आधार मानेर कर लगाउने) एकतर्फी निर्णय पश्चात लगानिकर्ता संघ एकजुट भएर आन्दोलनमा होमिएका थिए।
नेपाल पुँजिबजार संघको समेत सकृय उपस्थिती रहेको उक्त आन्दोलनबाट सरकार आफ्नो निर्णयबाट पछी हट्न बाध्य भएको थियो। अर्थमन्त्रीको एक अभिब्यक्तीको गलत बुझाई र बजारमा फैल्याईएको भ्रमका कारण लामो समयदेखी निरन्तर ओरालो लागेको बजारप्रति लगानीकर्तामा चरम निराशा छाएको बेला संघले २०७५ श्रावण २७ गते राजघानीमा एउटा भब्य अन्तरकृया कार्यक्रम संचालन गर्यो। सेयर बजारको अवस्थामा केन्द्रीत उक्त कार्यक्रममा पुर्व प्रधानमन्त्री माधव नेपाल ज्यु, पुर्व गवर्नर डा.चिरन्जिबी नेपाल ज्यु, पुर्व अर्थमन्त्री डा.रामशरण महत ज्यु लगायत ठुलो संख्यामा सम्बन्धित क्षेत्रका बिज्ञहरुको उपस्थिती रहेको थियो। यो कार्यक्रमले धेरै हदसम्म लगानिकर्तामा रहेको चरम निरासालाई चिर्न सफल हुनुको साथै चह्राएको घाउमा मलम लगाउन सफल भयो। फलत बजारमा क्रमश: सुधार देखा पर्दै गयो।
संघले २०७५ भाद्र १५ प्रदेश नं २ जनकपुरमा ‘नेपाली पुँजी बजारमा वर्तमान सेयर बजारका अवसर र चुनौतिहरु’ बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न गर्यो। कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत ज्यु, बुद्दिजिवी लगायत सयौंको संख्यामा सर्वसाधारणको उत्साहजनक उपस्थिती रहेको थियो। सरोकारवालाहरुले कार्यक्रमलाई महत्वपूर्ण हिसाबले लिएका थिए। यहि जनचेतना मुलक कार्यक्रम पछि २ नं प्रदेशको राजधानिमा चैत्र १४ गते ब्रोकर कार्यलय बिस्तार गर्न सम्भव भएको छ । यसका साथै संघकै संक्रियतामा दाङ, सुर्खेतलगायत ठाउँमा ब्रोकर शाखा विस्तारको पहल भएको छ।
सेयर सक्षरता अभिबृद्दी गर्ने उदेश्य अनुरुप संघले २०७५ असोज ३, १५ र २७ गते क्रमश: हेटौंडा, चितवन र धनगढीमा जनचेतना मुलक कार्यक्रम गरेको थियो । यसै गरी पुष २० गते धादिङका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे ज्यूको प्रमुख आतिथ्यमा धादिङमा पनि सो कार्यक्रम सम्पन्न गरेको जानकारी गराउन चाहन्छु ।
सेयर कारोबारमा प्यान अनिवार्य भन्ने बिषयले बजारमा एक किसिमको आतंक नै फैलाएको थियो। जुन समस्यालाई अन्य संघ सहित नेपाल पुँजीबजार लगानिकर्ता संघको सकृयतामा नियामक निकायहरुसंगको निरन्तरको बार्ता पश्चात सेयर कारोबारमा सबैलाई प्यान अनिवार्य भनिएकोमा अहिलेलाई प्रती कारोबार ५ लाख भन्दा बढीको कारोबार गर्नेलाई मात्र अनिवार्य गरियो।
सेयर कारोबारमा व्यक्तिगत लगानिकर्ताको हकमा लाग्दै आएको ७.५ प्रतिशतको पुँजीगत लाभकरलाई आर्थीक बर्ष ७६र७७ को बजेट मार्फत ५ प्रतिशतमा झारिएको थियो । जुन एजेण्डा हाम्रो संघले बजार सुधारको लागी अर्थ मन्त्रालयमा पेश गरेको सुझाव मद्धेको एउटा मुख्य एजेण्डा नै थियो। यसबाट लाखौं लगानिकर्ता लाभान्वित भएका छन्। सरकारको तर्फबाट पूँजीबजार सुधारका र ब्यबस्थित गर्नका लागी कैयन कामहरुको थालनि भईराखेका समयमा अर्थ मन्त्रालयले मुद्रा बजार पुँजीबजारको समस्या समाधान गर्न बनेको उच्चस्तरिय आयोगमा हाम्रो सहभागिता र बजार सुधारको ५८ बुंदामा सहमती भएर बजार सुधार र बिकासको कार्यहरु अल्पकालिन, मध्यकालिन र दिर्धकालिन गरी ३ चरणमा कार्यान्वयनको क्रममा रहेको छ।
२०७६ जेष्ट ३० गते हाम्रो संघले नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ज्यूलाई भेटी सेयर बजारको वर्तमान अवस्थाबारे छलफल गरी बुँदागत रुपमा बजारको समस्याहरु बारे जानकारी गराएको थियो। उहाँ बाट आफु बजारप्रती एकदमै सकारात्मक रहेको धारणा ब्यक्त गर्दै बजारको बिकास र बिस्तारकालागी आफ्नो तर्फबाट सक्दो सहयोग हुने आस्वासन प्राप्त भएको थियो। नियमित गतिबिधीका अलवा समय समयमा आयोजना हुने बिभिन्न कार्यक्रमहरुमा संघको सहभागिता रहँदै आएको छ। २०७५ फागुन १६ र १७ गते आयोजना भएको दुई दिने लगानी सम्मेलन त्यस्तै २०७६ असार १६ र १७ गते आयोजित बित्तिय साक्षरता सम्वन्धी दुई दिने अन्तराष्ट्रिय सम्मेलनमा समेत संघको सहभागिता रहेको थियो।
सेयर बजारलाई नै आफ्नो प्रमुख आधार क्षेत्र मानेर अघी बढ्दै आएको नेपाल पुँजिबजार लगानिकर्ता संघले प्रि–बजेट छलफल, मौद्रीक नितिको लागी आफ्नो राय सुझाव पेश गर्ने, अनलाईन ट्रेडिङमा बारम्बार देखिए समस्या, सेयर कारोबारमा राफसाफको अवधी छोट्याई कारोबार प्रणालीलाई अझै छिटो र छरितो बनाउने लगायत सेयर बजारमा समय समयमा आउने बिभिन्न समस्याहरुको बिषयमा सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने देखी लिएर आवश्यक सुझावहरु समेत पेश गर्दै आईरहेको छ।
२०७६ श्रावण १ गतेबाट लागु गरिएको सेयर बजारलाई ढुंगे युग तर्फ लजाने भारित औसत मुल्य गणना बिधीको बिरोध र सम्बन्धित निकायसंग निरन्तर वार्ता गर्दै आईरहेको थियो। एकातर्फ अनलाईन कारोबार सुरु भयो भन्ने, अर्को तर्फ सेयर बिक्री पश्चात लगानिकर्ता अनिवार्य रुपमा खरिद बिवरण सहित ब्रोकरको कार्यालय धाएर ल्याप्चे लगाउनु पर्ने बिल्कुलै अबैज्ञानिका र अव्यावहारिक नियमका सम्बन्धमा श्रावण १५ गते अर्थ मन्त्रालयमा भएको छलफलले यो बिषयलाई निकास दिएको थियो। जस अनुसार २०५८ साल देखी २०७६ सम्मको औसत मुल्य कायम गर्न अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो।
नेपाल पुँजिबजार लगानिकर्ता संघ सामाजिक उत्तरदायित्व विषयमा पनि संवेदनशिल रहेको छ। बारा र पर्सामा २०७५ फागुनमा आएको आँधी हुरीले गराएको धन जनको ठुलो क्षति लगत्तै फाल्गुन २३ गते संघकै सक्रियतामा स्थाननिय निकायसँगको समान्वयमा पिडित परिवारलाई ८० हजार बराबरको राहत बितरणको कार्य गरेको थियो। कोभिड १९ का कारण ज्याला मज़दूरी गरी जीविकोपार्जन गर्नेको लागि संघको तर्फबाट ७० हज़ार नगद सहित पिडितहरुलाई मास्क र खानाको ब्यबस्था गरेको छ ।
लामो समयदेखी निरन्तर ओरालो लागेको बजारप्रति लगानीकर्तामा चरम निराशा छाएको बेला संघले गत बर्ष श्रावण १८ गते राजघानीमा एउटा भब्य अन्तरकृया कार्यक्रम संचालन गर्यो। बर्तमान सेयर बजारको अवस्थामा केन्द्रीत उक्त कार्यक्रममा पुर्व प्रधानमन्त्री माधव नेपाल ज्यू, डेपुटि गभर्नर चिन्तामणी शिवाकेटी ज्यू, पुर्व अर्थमन्त्री डा.रामशरण महत ज्यू, पुर्व अर्थमन्त्री संकर कोइराला ज्यू, सरोकारवाला निकाय लगायत ठुलो संख्यामा सम्बन्धित क्षेत्रका विज्ञहरुको उपस्थिती रहेको थियो।
यो कार्यक्रमले धेरै हदसम्म लगानिकर्तामा रहेको चरम निरासालाई चिर्न सफल हुनुको साथै चह्राएको घाउमा मलम लगाउने काम गरेको छ । संघले सुदूरपश्चिम प्रदेशमा गत बर्ष असोज १४ गते धनगढीमा पुजीबजार तथा नेप्से अनलाईन कारोबार प्रणाली सम्बन्धि सचेतना कार्यक्रम गरेको थियो र सयौंको संख्यामा सर्वसाधारणको उत्साहजनक उपस्थिती रहेको थियो।
त्यस्तै डलेल्धुरामा भाद्र ३१ गते अनलाईन कारोबार प्रणाली सम्बन्धि सचेतना कार्यक्रम गरेको थियो र लगानीकर्ताहरुको उत्साह जनक उपस्थिति रहेको थियो। आर्थिक विकासको लागि पुँजी बजारको विकास अपरिहार्य ठान्दै यसैगरी संघले महेन्द्रनगरमा पनि गत असोज ५ गते सचेतनामुलक कार्यक्रम सम्पन्न गराएको थियो।
असोज १४ गते प्रधानमन्त्री ज्यूलाई भेटी सेयर बजारको बर्तमान अवस्था बारे छलफल गरी समस्याहरु बारे जानकारी गराउँदै बुदागत रुपमा ज्ञापन पत्र पनि बुझाएको थियो। उहाँबाट बजारको बिकास र बिस्तारको लागी आफ्नो तर्फबाट सक्दो सहयोग हुने आस्वासन प्राप्त भएको छ। त्यसै गरि गत पौष १३ गते पोखरामा ‘लगानीकर्ता सचेतना कार्यक्रम’ सम्पन्न भएको थियो।
कार्यक्रममा गण्डकी प्रदेशका पुर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ज्यू र सरोकारवालाहरुले कार्यक्रमलाई महत्वपूर्ण हिसाबले लिएका थिए। अर्थतन्त्रको एेना मानिने पुँजीबजारलाई राज्यले अपहेलना गरेकोमा दु:ख व्यक्त गर्दै आफ्नो तर्फबाट बजार बिस्तारको लागि सक्दो सहयोग पुर्याउने आश्वसन ब्यक्त गर्नु भएको थियो ।
समय समयमा आयोजना हुने बिभिन्न कार्यक्रमहरुमा संघको सहभागिता रहदै आएको छ । गत मंसिर २८ गते बिमा र पुँजी प्रदशनीमा संघले सहभागिता जनाउँदै आफ्नो राय सुझाव पेश गरेको थियो । यसै गरी सेयर साक्षरता अभिबृद्दी गर्ने उदेश्य अनुरुप यस संघले गत चैत्र ३० बैसाख १ र २ गते गरि तिन दिनसम्म सेयर बजार सम्बन्धि दमकमा पहिलो पटक आधारभुत तथा प्राबिधिक बिष्लेषण र सचेतना कार्यक्रम सम्पन्न गरेको थियो। यस्का साथै ०.२५ प्रतिशत ब्रोकर कमिशन कायम गर्न शान्तिपुर्ण दवाव श्रृजनाको लागि धितोपत्र बोर्डमा एक दिने अनसन कार्यक्रम सम्पन्न गरिएको थियो ।
२०७७ भदौ १० गते कपनको स्कुल जोसेफमा महिलाहरुको सेयर बजारमा सहभागिता कार्यक्रम मार्फ़त महिलाहरुको जीवनस्तर उकास्नको लागि प्रेरित गर्दै सेयर बजारमा १२० जना महिलालाई लाभान्वित गराएको । २०७७ असोज १० काठमाडौ हार्दिक होटेलमा कोरोनाले थलाएको ब्यापार–ब्यवसाय र कोभिसिल्डपछि जुर्मुराएको सेयरबजार विषयक अन्तरक्रिया गरि लकडाउनको बेला लगानीकर्ताहरुको मनोबल उठाउँने कार्यक्रम सम्पन्न गरिएको थियो ।
२०७७ माघ ३० मा १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ कार्यक्रममा सेयर सचेतना अभियान संचालन गरिएको थियो । २०७७ फागुन ३ गते मोडर्न कन्या मल्टिपल संस्थापक अध्यक्ष प्रा.डा. रामप्रसाद दाहाल ज्यूको सभापतित्वमा सस्कृतिविद प्रा.डा. विना पौडेल ज्यू, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापा ज्यू, अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठ ज्यू, संविधानविद काशीराज दाहाल ज्यू, बिच सेयर बजारमा युबाहरुको भविष्यको बिषयमा अन्तर्किया सम्पन्न गरिएको थियो । २०७७ फागुन ७ गते चोभारमा बनबोज मार्फत बजारका समस्याग्रस्त बिषयमा छलफल सहित आपसी सद्भाव, एकता र सहकार्य बडाएको । २०७६ फागुन ११ मा पुँजीबजार सम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम उधोग बाणिज्य संघको सभा हल, बिरगंजमा सम्पन्न भएको थियो ।
२०७७ फागुन १५ मा नेपाल स्टक एक्सचेन्ज लि, सिडिएस एण्ड क्लियरिङ लि. र नेपाल पुँजी बजार लगानीकर्ता संघको संयुक्त अयोजनामा पुँजीबजार सम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम होटल सिमा, हेटौँडा, मकवानपुरमा सम्पन्न भएको थियो । २०७७ चैत १ धेरै भन्दा धेरै लगानीकर्तालाई पुँजी बजारमा भित्र्याउँने अबधारणालाई अगाडि बढाउँदै बनस्थली खरिबोटमा जेम्स स्कुलमा सिर्जनशील युवा उद्दमी समूहद्धारा आयोजित धितोपत्र बजार तथा बीमा साक्षरता कार्यक्रममा सम्पन्न गरिएको थियो ।
२०७७ चैत २८आयोजक दमक जेसिस र नेपाल पूँजीबजार लगानीकर्ता संघको सहकार्यमा प्रादेशिक स्तरमा रहेका लगानीकर्तालाई साक्षरता प्रदान गर्दै बजारमा प्रवेस गराउन झापा जिल्ला कार्य समिति घोषणा सभा र प्रदेश न.१ को आयोजनामा शेयर आधारभुत तालिम लगानीकर्ता सचेतना कार्यक्रम मेयर रोमनाथ ओली, उधोग बाणिज्य संघका उपाध़्यक्ष, दमक बैंकर संघका अध्यक्ष र शिखर ईन्स्योरेन्स म्यानेर ज्यू को आतिथ्यमा सम्पन्न भएको छ ।
२०७८ बैसाख ३ गते काठमाण्डौ बुद्धनगरमा समृद्ध नेपाल लगानी समुह प्रा. ली. र नेपाल पूँजीबजार लगानीकर्ता संघ जिल्ला रुपन्देहीको आयोजनमा धितो पत्र बोर्डका अध्यक्ष भिष्मराज ढुड्गाना ज्यू, नेपाल स्टक एक्सेन्जका कार्यकारी निर्देशक चन्द्र सिँह साउद ज्यू, थअय सिइओ दिपेश प्रधान ज्यू, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक ज्यू, को आथित्यमा अपांगता भएका व्यक्तिहरुले पूँजीबजारमा लगानी गर्दा हुने समस्या लगाएतका बजारका समस्या र समाधानका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यस्का साथ साथै समय समयमा आयोजना हुने बिभिन्न कार्यक्रमहरुमा संघको सहभागिता रहदै आएको छ ।
सातै प्रदेश र ७७ जिल्लामा संगठन विस्तार गरि लगानी कर्तालाई सचेतना फैलाउने सरकारी नितिलाई सहयोग गर्दै लगानीकर्ताको हकहितका लागि प्रतिबद्ध भई कार्य गर्दै आइरहेको छ । ब्याक्तिगत स्वार्थबाट पर हटेर सार्वजनिक हितलाईनै मुख्य उदेश्य मानेर हातेमालो गर्दै अघी बढेको कारणनै संघ छोटो समयमै आम लगानिकर्ता देखी सबैको मन मस्तिस्कमा बस्न सफल भएको छ। उल्लेखनिय कुरा त संघले राजधानी केन्द्रीत मात्र नभई सातै प्रदेशमा आफ्नो संजाल बिस्तार गरिसकेको छ भने ७७ वटै जिल्लामा संजाल बिस्तारको क्रममा छ । यसप्रकारको गतिबिधी यसअघी कुनै पनि संस्थाबाट भएको थिएन।
लगानिकर्ता संघको सातै प्रदेशका प्रतिनिधी र सदश्यहरुको लगनशिलता र संघ प्रतिको झुकाव देख्दा ईच्छाशक्ती नै रहेछ । सबै भन्दा ठुलो कुरा, चाह्यो भने नहुनेनै के रहेछ र ? भन्ने भान भएको छ। पछिल्लो समय कोभिड१९ महामारीको कारण योजनामा रहेका कार्यक्रमहरुमा ब्रेक लागेको छ। तथापी सामाजिक संजाल का साथै भर्चुअल माध्यम मार्फत् बजारको समस्याहरुको समाधानको लागी संघले आफ्नो तर्फबाट निभाउनु पर्ने कर्तब्य निभाईरहेको जानकारी गराउँदै महामारीको अन्त्य पश्चात संघले आफ्ना गतिबिधीहरु लाई पुरानै अवस्थामा तिब्रता दिने कुराको जानकारी गराउन चाहन्छु।
राधा पोखरेल । अध्यक्ष, नेपाल पूँजी बजार लगानीकर्ता संघ, काठमाण्डौ ।