आइतवार, श्रावण २४ गते २०८३

कांग्रेस प्रदेश २ को सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी

शुक्रवार , पौष ९, २०७८

काठमाडौं। नेपाली कांग्रेस प्रदेश २ को  सभापतिमा संस्थापन पक्षका कृष्णप्रसाद यादव निर्वाचित भएका छन्। पहिलो अधिवेशनका क्रममा नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदीय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्णप्रसाद यादव विजयी भएका हुन्। उनले १४१ मतान्तरले राम सरोजलाई पराजित गरेको हुन्।


कृष्णले ९ सय ९६ मत पाउँदा रामले ८ सय ५५ मत पाएका छन्। औपचारिक घोषणा हुन भने बाँकी छ। राम संस्थापन इतर पक्षका उम्मेदवार हुन्। इतर पक्षमा विमलेन्द्र निधि र डाक्टर शेखर कोइरालाको समर्थन थियो। पहिलो प्रदेश कार्यसमिति चयनका लागि बिहीबार विहान ९ बजेर ४० मिनेटबाट राती ८ बजे सम्म मतदान भएको थियो। मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ म खसेको थियो। जसमा तीस मत बदर भएको छ। 

सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए। संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित चुनावी मैदानमा उत्रिएको थियो भने  इतर पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको थियो।  कूल ७२ पदका लागि १७४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए। त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार