आइतवार, श्रावण २४ गते २०८३

देउवाले बनाउलान त गगन थापालाई मन्त्री?

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं। सर्वोच्च अदालतले दोस्रो पटक गरिएको संसद विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ।

अदालतलेको आदेशअनुसार आज साँझ ५ बजेसम्ममा देउवालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने पर्नेछ। र आजै सपथ पनि गराईने छ। देउवाको नेतृत्वमा बन्ने सरकारमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यावद समूह र राष्ट्रिय जनमोर्चा सहभागि हुनेछन्।

जनमोर्चाको तर्फबाट एक मात्रै सांसद दुर्गा पौडेल भएकाले उनी मन्त्री बन्ने भन्ने चर्चा छ। माओवादी र जसापको यादवपक्षले पनि सरकारमा जाने मन्त्रीको टुंगो लगाउन बैठक बोलाएका छन्।

कांगेसबाट को–को मन्त्री हुन्छन् भन्ने खासै चर्चा भएको छैन्। सभापति देउवा नै प्रधानमन्त्री हुने भएपछि अन्य मन्त्री बन्नेहरुको टुंगो विस्तारै लगाउन सकिने कांग्रेस नेताहरु बताउछन्। तर यति बेला कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेका बेला, पार्टीका केहि लोकप्रिय नेताहरु मन्त्री बन्नेमा आम मानिसले चाँसो व्यक्त गरिरहेका छन्।

त्यसमध्ये पनि युवा नेता गगन थापा मन्त्री बन्छन् कि बन्दैनन्? बनेपनि कुन मन्त्री पाउछन्? भन्ने जिज्ञासा कार्यकर्तामा छ। यद्यपी थापा स्रोतले भने अहिलेसम्म त्यस्तो केहि छलफल नभएको बताएको छ।

यसअघि स्वास्थ्यमन्त्री बनेका थापाले जनप्रिय काम गरेर सबैको मन जितेका थिए। पार्टी भित्र र वाहिर पनि उनलाई मन्त्री बनाउनु पर्ने चर्चा छ। समाजिक सञ्जालमा धेरैले उनलाई फेरी पनि स्वास्थ्य मन्त्रालय दिनु पर्ने र थापाले उक्त मन्त्रालय पाउने आशा गरेका छन्। तर गठबन्धको सरकार बन्ने भएकाले उक्त मन्त्रालय कसको भागमा पर्छ भन्ने पनि यकिन भएको छैन्। थापाच निकट स्रोतले पनि अहिले मन्त्री बन्ने प्रस्ताव आईनसकेकाले यसै अनुमान लगाउन नमिल्ने बतायो।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार