मुम्बई। सुदूर तथा मध्यपश्चिमको छुट्टै पहिचान बोकेको देउडा गीत संस्कृतिमा आजभोलि विकृती बढदै जान थालेको छ। पुराना देउडा भाकाहरु सुन्दै कति आनन्द महसुस हुन्थ्यो। पछिल्लो समयमा अधिकांश देउडा गीतहरु भने घर परिवारसंगै बसेर सुन्न र तिनका भिडियोहरु हेर्नै नसकिने बन्न थालेका छन्।
हिजो आज हिन्दि ,गड्वालि, अंग्रेजि र उत्ताउला शैलिका रिमिक्स शब्द देउडा गितमा समेटिएको पाइन्छ। त्यसैमाथि तिनै गीतमा गरिने अभिनयले झनै देउडा संस्कृतिको धज्जी उडाएको छ। संस्कृती लाई बचाउन सर्जक, निर्देशक र मोडलको महत्वपुर्ण भुमिका हुने भएपनि आधुनिकताको प्रवेशले मौलिकता हराउँदै जान थालेको छ।
आफ्नो मौलिक संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो। तर विडम्बना समयको माग भन्दै सर्जकले पनि समाजमा अपाच्य किसिमका शब्दहरु सिर्जना गरिरहेका छन। उता निर्देशकको युट्युवमा भ्युज बटुल्ने लोभले आफ्नै तालमा गरिएको निर्देशन अनि चर्चा कमाउनकै लागि जस्तोसुकै सिनमा पनि अभिनय गर्न पछि नपर्ने मोडलहरुले हाम्रा संस्कृतिमा विकृती भित्र्याइरहेको जानकारहरु बताउँछन्।
अचेल अधिकांश देउडा गीतमा गरिएका अभिनय र छायांकनको दृष्य लज्जास्पद देखिने गरेको गुनासो पनि बढदै गएको छ। गितमा अभिनय गर्नेहरुले कुनै औपचारिक मोडलिङ शिक्षा समेत लिएका छैनन। केहि निर्देशक समेत यस बारेमा अनविज्ञ नै छन्।
पछिल्लो समयमा गितमा आफ्नै लगानी लगाएर भएपनि रहरले जानि नजानि अभिनय गर्न खोज्नेहरुको पनि कमि छैन। सामान्य ज्ञान विनाको यस्तो खाले कृयाकलापले आधुनिकताका नाममा मौलिक संस्कृति लोप हुदै गैरहेको छ। मौलिकता मर्न थालेको छ। गीतमा समेटिएका शब्द र त्यस गीतमा गरिएका अभिनयले एक्लै कोठामा बसेर मात्रै भिडियो हेर्ने वातावरण सिर्जना भैरहेको छ। तर आफ्नो संस्कृति बचाउन तर्फ भने कसैको ध्यान जान सकेको छैन।
अहिले प्रविधीले गर्दा सहज हुनु पर्नेमा अबका कलाकारहरूले मौलिकता सङ्कलन गर्ने दुस्ख गर्नपनि छोडिसके। नयाँ पुस्ताले मौलिकतालाई बिर्सिएर नयाँ र्याप पपको नक्कल गरेर देउडाको रेकर्डिङ् गराइरहेका छन्। जसका कारण देउडाको वास्तविक मौलिकता खस्किएको छ।
पुराना कलाकारहरूले पनि यस बिषयलाई गम्भिरताका साथ लिएको पाइदैन। पश्चिमी संस्कृतिको प्रभावले पनि परम्परागत संस्कृतिको मौलिकता खस्किन पुगेको छ। मौलिकतालाई जस्ताको तस्तै बाँच्न दिनुपर्छ।अर्को कुरा परम्परागत संस्कृतिका गितहरु बजारमा आइहालेपनि कसैले त्यस्ता गितमा रुचि देखाउदैनन्।
गितमा जति असोभनिय , उट्पट्याङ शब्दहरु छन्, त्यतिनै बढी गित चलेको हुन्छ। आजभोलि पप, हिन्दी लगायत अन्य थुप्रै गीत संगीतमा पछिल्लो पुस्ता रमाउँदै गएको छ। अहिले पहिलेका जस्तै गीतहरू पनि बजारमा आइरहेका छैनन्। यसकारण पनि नयाँ पिंढीलाई परम्परागत संस्कृति तर्फ आकर्षण गर्न सकेको छैन।
विभिन्न गीत संगीतका लागि क्लब, संघ(संस्था खुलेका छन्। तर संस्कृतिलाई बचाउन सकिएको छैन। देउडा सँगै ठाडी भाका त झनै आउन छोडेका छन्। गाउँ पाखामा गाइने ठाडी भाकाले गाउँको कथा ब्यथा बोक्ने भएपनी ब्यबसायिक बन्न नसक्ने भन्दै ठाडी भाकामा गायकहरुले पनि गाउन छोडेका छन्।