काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कुनै पनि हालतमा पास हुने बताएका छन्।
बेमौसमी वर्षाले पुर्याएको क्षति अवलोकनका लागी गृह प्रदेश सुदूरपश्चिम पुगेका देउवाले एमसीसीमा त्यस्तो संसोधन गर्नुपर्ने केही नभएको भन्दै एमसीसी पास हुने दोहोर्याएका हुन्।
देउवा यसअघि पनि परियोजना पास हुनुपर्ने बताउँदै आएका थिए। धनगढीमा आज प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसिसी अनुदान परियोजना भएको र परियोजना लागू भएपनि नेपालको कानुनमातहत नै हुने दाबी गरेका छन्।
एमसीसीबारे झुठा प्रचार र अनावश्यक होहल्ला धेरै गरेको देउवाको भनाई छ। उनले भने, ‘एमसिसी पास हुन्छ। यसमा संशोधन आवश्यक छैन। परियोजनाबारे केही झुठा प्रचार गरिएको छ। एमसीसी परियोजना अनुदान हो।
यसमा नेपालकै कानून लागू हुन्छ।’ अनुदान परियोजनाका बारेमा अनावश्यक धेरै होहल्ला गरेको देउवाको भनाइ छ। साथै देउवाले बाढी र पहिरो पीडितका लागि अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजनाहरु ल्याउने आश्वासन बताएका छन्।