शुक्रवार, कार्तिक ७ गते २०८३

साउदीमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु भएको घटनाप्रति एमालेको दुःख व्यक्त

शुक्रवार , कार्तिक ७, २०८३

काठमाडौँ । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दुःख व्यक्त गरेको छ । 

प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले एक विज्ञप्ति जारी गर्दै भनेका छन्– दिवङ्गत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।  

​निर्दोष नागरिकको ज्यान जाने गरी हुने यस्ता हिंसात्मक घटनाहरू मानवता र मानवीय मूल्य(मान्यताविपरीत छन्। हामी सदैव विश्व शान्तिका पक्षमा छौँ र यस्ता अमानवीय घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछौँु, विज्ञप्तिमा भनिएको छ । 

नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्तै दुःखद र चिन्ताजनक रहेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको सुरक्षा र हित सुनिश्चित गर्नका लागि पार्टीले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार