शुक्रवार, कार्तिक ७ गते २०८३

पाटनको मल्लकालीन अष्टमातृका नाच सम्पन्न

शुक्रवार , कार्तिक ७, २०८३

काठमाडौं। परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने ललितपुरको पाटनको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको अष्टमातृका नाच (गँः प्याखँ) सम्पन्न भएको छ ।

हरेक वर्ष घटस्थापनाको दिनदेखि सुरु भएर ११ दिनसम्म मनाइने यो जात्रा यस वर्षपनि परम्परागत विधि तथा धार्मिक आस्थाका साथ प्रदर्शन गरिएको अष्टमातृका नाच प्रवन्ध समितिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए ।

मल्लकालीन राजा श्रीनिवास मल्लको पाला ९नेपाल संवत् ७८४० देखि प्रदर्शनमा ल्याइएको यो तान्त्रिक नृत्य करिब ३६२ वर्ष पुरानो मानिन्छ ।

हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा ९घटस्थापना० को दिन ललितपुरको नकबहिल परिसरमा विधिवत् पूजा सम्पन्न गरेर यो नाचको प्रारम्भ गरिन्छ, यस ऐतिहासिक नाचले नेवा सभ्यताको मौलिकता, धार्मिक विश्वास र सांस्कृतिक वैभवलाई जीवन्त बनाउँदै आइएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार