काठमाडौं । विजया दशमीको टीकाको तेस्रो दिन आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ ।
आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइँदै छ ।
बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजया दशमी रहेको थियो । त्यसैले विजया दशमीको दिन टीका थाप्न नभ्याएकाहरुले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर टीका थापिरहेका छन् ।
बडादसैँको टीकाको मुख्य दिन बुधबार भए पनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन रही आएको छ ।
त्यसैले आज पनि बडादसैँको टीका लगाउने र लगाइदिने एवं आशीर्वाद लिनेरदिने क्रम जारी नै रहेकाले काठमाडौंमा चहलपहल बढ्न थालेको छ ।