सोमवार, आश्विन २६ गते २०८३

बूढीगण्डकीमा ठूलो बाढी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

आइतवार , आश्विन २५, २०८३


काठमाडौं । बूढीगण्डकी नदीमा ठूलो बाढी आएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–६ र ७ भएर बग्ने खोलामा आज बिहानैदेखि बाढी आएको हो ।

बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।बूढीगण्डकीको तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक,ू पराजुलीले भनेका छन्, नदी छेउछाउका बासिन्दा उँचो स्थानमा बसौँ ।ू

पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार विगत १२ घण्टामा वर्षा भएको देखिएको छैन ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले दिएको जानकारीअनुसार बिहान ३ बजेतिरबाटै बाढी आएको हो ।

“स्यार खोलामा बाढी आएको हो,” उनले भनिन्, “सुक्खा पहिरोका कारण खोला थुनिएको थियो । एक्कासि खोला बढेपछि वडा नम्बर ६ मा बूढीगण्डकी छेउमा भएका घर बगाएको छ । पाँचवटा गाउँ नै बगाएको जानकारीमा आएको छ । थप क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।”

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार