शुक्रवार, आश्विन २३ गते २०८३

दसैंमा जुनसुकै कम्पनीका खाली सिलिन्डर दिए पनि ग्यास पाउने

बिहिवार , आश्विन २२, २०८३

काठमाडौं । चाडपर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै ब्रान्ड (कम्पनी) को ग्यास सिलिन्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताएका छन् ।

यससँगै काठमाडौं उपत्यकाका उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन् ।यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

एउटामात्र सिलिन्डर भएका उपभोक्ताले बजारमा ग्यास हुँदाहुँदै कम्पनी फरक परेकै कारण दुस्ख पाउनु नपरोस् भनेर नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता र सुरक्षा निकायको समन्वयमा यो व्यवस्था मिलाउन लागिएको बताइएको छ ।


आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले उपभोक्ताको सहजताका लागि निगमले नै उद्योगीहरूलाई यस्तो व्यवस्था गर्न अनुरोध गरेको बताए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार