बुधवार, आश्विन २१ गते २०८३

यी हुन् आज अवरुद्ध र एकतर्फी सञ्चालन भएका सडक

बुधवार , आश्विन २१, २०८३

काठमाडौं । आज पनि देशका विभिन्न सडकहरु पूर्ण रुपमा अवरुद्ध भएका छन् । रसुवा, म्याग्दी, मनाङ र नवलपरासी पूर्वका सडकहरू अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीको जानकारी अनसार रसुवाको मुख्य राजमार्ग सबै पूर्ण रुपमा अवरुद्ध कायमै रहेको छ भने म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीस्थित बनेनी जोमसोम सडकको अवरोध पनि हटेको छैन ।

मनाङ खाङसार-बेशिसहर सडकखण्ड पनि एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएको छ ।  यही असोज ९ गते राति आएको बाढीले बेशीसहर हुँदै खाङसारसम्म जाने सडक प्रभावित भएको हो ।

यता, नवलपरासी पूर्वको कालीगण्डकी कोरिडोरको बौदिकाली गाउँपालिका(३ जन्तीमा पहिरोले सडक एकतर्फी भएको छ । यो खण्डबाट ठूला गाडी सञ्चालन हुन सकेका छैनन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार