सोमवार, आश्विन १२ गते २०८३

एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित

शुक्रवार , आश्विन ९, २०८३

काठमाडौ । एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा आज अफगानिस्तानविरुद्ध नेपालले ५ विकेटको जित हात पारेको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १६ बल बाँकी हुँदै पूरा गरेको हो। नेपाललाई जित दिलाउन सन्दिप जोराले ३४ र रोहित पौडेलले ३३ रनको योगदान गरे। 

कुशल भुर्तेल शून्य रनमै आउट भए भने आसिफ शेख पनि २ रन बनाएर पेभेलियन फर्किए। त्यसपछि आएका जोराले ३५ बलमा ३४ रन बनाएर रनआउट हुनपुगे। 

कुशल मल्ल पनि ९ रनमा रनआउट भए। रोहितले ३२ बलमा ३३ रन हाने। दीपेन्द्र सिंह ऐरीले १८ बलमा १५ रन जोडे भने गुल्सन झाले १ बलमा १ रन लिँदै नेपाललाई जित दिलाए। नेपाललाई अफगानिस्तानले ९ अतिरिक्त रन दियो। 

बलिङतर्फ अफगानिस्तानका फारिदुन दावुदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले समान १ विकेट झारे।

अफगानिस्तानले सुरुवात राम्रो गर्न सकेन। पहिले ब्याटिङ गरेको अफगानिस्तानका ओपनर मोहम्मद अक्रमले ८ बलमा २ रन मात्र बनाउँदा अर्का ओपनर हसन आइसाखिलले २ बल खेलेर शून्य रनमा आउट भए। उसका लागि करिम जनत ९, फैजल खान अहमदजाइ ३०, नजिबुल्लाह जाड्रान ३०, मोम्मद इशकले ७ रनको योगदान गरे। नटआउट नानगेयलिय खानले १७ रन तथा अब्दुल्लाहक अहमदजाइले १ रन बनाए। नेपालले ६ अतिरिक्त रन दिएको थियो। 

बलिङतर्फ नेपालका ललित राजवंशी र कुशल भुर्तेलले ३ र ४ विकेट लिए। कसिलो बलिङ गरेका ललितले १३ रन मात्र खर्चिए भने भुर्तेलले २१ रन दिए। 

अब नेपालले भोलि जापानसँग खेल्नेछ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार