काठमाडौँ । नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले जापानमा जारी २०औँ एसियाली खेलकुदमा कास्य पदक जितेको छ।
जापानको तोकाई जिम्न्यासियममा शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतसँग ४८–२४ ले हारेपछि नेपाल कास्य पदकमै सीमित भएको हो।
पहिलो हाफमा ३१–१७ ले पछि परेको नेपाली टोली दोस्रो हाफमा पनि १७–७ ले पछि पर्दा कास्य पदकमा नै रोकियो।समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाली टोलीले अन्तिम चारमा स्थान बनाएको थियो।
समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ ले हराएको थियो।दोस्रो खेलमा चाइनिज ताइपेइसँग ३७–१८ ले पराजित भएको थियो।
कबड्डी टोलीले यसअघि हाङझाओ एसियाडमा पनि नेपाली टोलीले कास्य पदक जितेको थियो।जारी एसियाडमा नेपालले जितेको यो दोस्रो कास्य पदक हो।
यसअघि करातेका तेन्जिङ शेर्पाले पुरुष ८४ केजी तौलमाथिको कुमुतेमा कास्य पदक जितेको थिए।