सोमवार, आश्विन ५ गते २०८३

भोटेकोशी बाढीको वैज्ञानिक नाम के राख्ने? यि विकल्पमा छलफल गर्दै सरकार

शुक्रवार , आश्विन २, २०८३

काठमाडौं । भोटेकोशी बाढी आएको तीन साता बितिसक्दा पनि सरकारले नामाकरण गर्न सकेको छैन।

सरकारले बल्ल विनाशकारी बाढीको नामाकरणका लागि अध्ययन अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीको नामाकरण गर्न वैज्ञानिक समिति गठन गरेको हो ।

समितिले भोटेकोशी बाढी वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंग्याउनेछ । ऊर्जा मन्त्रालयअन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयले प्रारम्भिक रुपमा गरेको अध्ययनमा विभिन्न नामहरु छलफलमा आएका छन् । 


जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव टिका बरालकाअनुसार छलफलमा ग्लेसियर रक एभलेन्च, आइस रक एभलेन्च/ल्याण्ड स्लाइड,रसुवा भोटेकोशी महाविपत  लगायत नामहरु आएका छन् । 


सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार