सोमवार, आश्विन ५ गते २०८३

हाम्रो पार्टी दाइभाइवाला पार्टी हो,सँगै बस्दा ठेस लाग्छ : गगन थापा

बिहिवार , आश्विन १, २०८३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सँगै बस्दा कहिलेकाहीँ ठेस लाग्ने गरेको उल्लेख गर्दै टिकाटिप्पणीलाई लिएर व्यक्तिगत रुपमा लिन नहुने बताएका छन्। 

बिहीबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस ‘दाइभाइवाला’ भएको बताए। ‘हाम्रो पार्टी दाइभाइवाला पार्टी हो। हाम्रो पार्टी परिवार हो। एउटै परिवार हो। परिवारमा सँगै बस्दा कहिलेकाहीँ ठेस लाग्छ,’ थापाले भने। 

उनले कहिलेकाहीँ तिखो टिकाटिप्पणी भए पनि एउटै परिवार सम्झेर बिर्सनुपर्ने बताए। तिखो टिप्पणीलाई व्यक्तिगत रुपमा लिन नहुने उनको भनाइ थियो। 

‘मैले कहिलेकाहीँ बोल्दैगर्दा कसैको बारेमा तिखो टिप्पणी गरेको होला, कसैले मेरो बारेमा तिखो टिप्पणी गरेको होला,’ थापाले भने, ‘हामी कहिले पनि त्यो कुरालाई व्यक्तिगत रुपमा लिने गरेको छैन।’

अब कांग्रेसमा सौहार्द वातावरण बनाउनुपर्नेमा जोड दिए। कहिलेकाही आफूबाट पनि तिखो खोजिएको उल्लेख गर्दै थापाले भने, ‘मबाट पनि भयो होलान्, अरु साथीहरूबाट पनि भए होलान्। यी सामान्य कुरा हुन्। यसलाई सौहार्द बनाउँदै छलफल गर्दै लाने कुरा हो।’

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा जारी रहेको छ। बैठकमा पूर्वसभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला पक्षका पनि केही नेता सहभागी छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार