सोमवार, आश्विन ५ गते २०८३

बाढीप्रभावितका लागि काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

बुधवार , भाद्र ३१, २०८३

 

काठमाडौं । काठमाडौँ विश्वविद्यालयले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ८५ लाख रुपैयाँ सहयोग गरेको छ । 


काठमाडौँ विश्वविद्यालयका एकेडेमिया–इन्डस्ट्री कोअपरेसन विभागका प्रमुख लक्ष्मण लामाले बुधबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरे।


विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार ८५ लाख सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो ।


रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापना कार्यमा योगदान पु¥याउने उद्देश्यले विश्वविद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार