काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको अवस्थामा प्रधानमन्त्री बालेन शाहले संवेदनशील भएर काम गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले दाबी गरेका छन् ।
बुधबार सर्वदलीय बैठकपछिको कुराकानीका क्रममा उनले पार्टी र सरकारबीच काम बाँडफाँट गरेर अघि बढेको जिकिर पनि गरे ।
‘अहिले पार्टीको जिम्मेवारी पार्टीले र सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने स्पष्ट कुरा छ । त्यसको डुप्लिकेशन आवश्यक छैन,’ उनले भने, ‘स्थानीय तहको वडाध्यक्षसँग फोनमा कुरा हुने, त्यहाँका पालिकाका जनप्रतिनिधिसँग घन्टौं कुरा गर्ने काम गरिरहनुभएको छ । यो प्रश्न कार्यकालभरि नै तपाईंहरू गरिरहनुहुन्छ, यसलाई डम्प हानिदिए हुन्छ ।’