सोमवार, आश्विन ५ गते २०८३

भोटेकोसी बाढीको वैज्ञानिक अध्ययन गर्न विज्ञ समिति गठन

बुधवार , भाद्र ३१, २०८३

काठमाडौं । सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो। समितिमा जलविद् डा। नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा। रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा। उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा। मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा। हरि पण्डित र विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहेका मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले जानकारी दिए। 

समितिले बाढीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयले भोटेकोसी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू(जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गर्न लागेको हो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार