सोमवार, आश्विन ५ गते २०८३

मुगुमा दुईपटक भूकम्प

बुधवार , भाद्र ३१, २०८३

काठमाडौं। मुगु जिल्लाको कालै आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान दुईपटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ बजेर ५१ मिनेटमा स्थानीय म्याग्निच्युड ४.५ को भूकम्प गएको हो।

त्यसैगरी, बिहान ४ बजेर २८ मिनेटमा सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।

दुवै भूकम्पको केन्द्रबिन्दु मुगुको कालै आसपास रहेको र भूकम्पबाट भएको क्षतिबारे तत्काल विवरण प्राप्त भइसकेको छैन।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार