सोमवार, आश्विन ५ गते २०८३

तनहुँमा ट्रक दुर्घटना,चालकको निधन

आइतवार , भाद्र २८, २०८३

तनहु। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरको मनहरि गाउँपालिका-६ बस्ने २६ वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना६ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते चालक थिङलाई प्रदेश अस्पताल दमौलीका चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार