सोमवार, आश्विन ५ गते २०८३

जेनजी आन्दोलनको नाटक हेर्दाहेर्दै तीनजना बेहोस

बिहिवार , भाद्र २५, २०८३

काठमाडौं। काठमाडौंको नयाँ बानेश्वरमा आयोजित जेनजी सहिद दिवस कार्यक्रममा आन्दोलनका क्रममा भएका घटनामा आधारित नाटक हेर्दाहेर्दै तीन जना बेहोस भएपछि उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।

बानेश्वरमा आज पनि जेनजी सहिद दिवसका अवसरमा विभिन्न कार्यक्रम तथा नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा गत वर्षको जेनजी आन्दोलनका क्रममा भएका कारुणिक घटनालाई नाटक तथा भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।

प्रदर्शनका क्रममा आन्दोलनकारीमाथि गोली प्रहार भएको, मानिसहरू घाइते भएको तथा मृत्यु भएका दृश्यहरू देखाइएको थियो । ती दृश्य हेर्ने क्रममा केही व्यक्तिले असहज महसुस गरेका थिए ।

तीनजनालाई असहज भएपछि उपचारका लागि सिभिल अस्पताल लगिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार नाटक तथा भिडियोमा देखाइएका दृश्य हेरेपछि असहज महसुस भएकाले उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार