सोमवार, आश्विन ५ गते २०८३

यस्तो छ भोटेकोशी बाढीको खोज,उद्धारको पछिल्लो अपडेट

बुधवार , भाद्र २४, २०८३

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावितको खोज तथा उद्धार बुधबार साँझ पनि जारी छ। 

खोज तथा उद्धारको पछिल्लो अपडेट निम्न अनुसार रहेको छ। 

*१. हवाई खोज तथा उद्धार कार्य*
• नेपाली सेनाद्वारा हवाई साधनमार्फत आज मिति २०८३ भाद्र २४ गतेको १८३० बजेसम्म विभिन्न प्रभावित इलाकाहरूबाट ८१ जनाको उद्धार गरिएको र हालसम्म हवाई साधन मार्फत ४०८१ (स्वदेशी-३७९८  र विदेशी-२८३) जनाको उद्धार गरिएको।
*२. टनेलमा खोज तथा उद्धार कार्य*
• रसुवागढी जलविद्युत आयोजनामा Composite Quick Reaction Team तथा आयोजनाको प्रतिनिधि सहितको संयुक्त खोज तथा उद्धार टोली पावरहाउस, Transformer Room र Control Point सम्म पुगी थप खोजी कार्य भइरहेको। 
• रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा नेपाली सेनाका खोज तथा उद्धार टोली करिब ५० मिटरसम्म पुगी खोजतलास गर्दा एक शव फेला पारेको। थप खोजी कार्य भइरहेको।
• लाङटाङ जलविद्युत आयोजनामा संयुक्त उद्धार टोलीद्वारा खोज तथा उद्धार कार्य जारी रहेको। पानीको मात्रा कम गर्न च्यानल निर्माण गर्ने कार्य भइरहेको। 
• चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोली टनेलको १४० मि. सम्म प्रवेश गरी खोजी कार्य भइरहेको। संयुक्त टिमले AVATA Drone द्वारा ४० मि.सम्म खोजी कार्य गरेकोमा केही पनि फेला नपरेको। टनेलसम्म Heavy Equipment लैजानको लागि पहुँचमार्ग निर्माण गर्ने कार्य भइरहेको, चट्टानी भू-भाग २५ मि. ब्लाष्टिङ्ग गरी हटाउनु पर्ने र उक्त स्थानसम्म पुग्नको लागि ५० मि. बाँकी रहेकोमा बाटो निर्माण कार्य भईरहेको ।
• माथिल्लो त्रिशुली १ मा विदेशी सहितको संयुक्त टोली हाकुबेशीस्थित Audit 3 टनेलमा करिब १२०० मिटरभित्र प्रवेश गरी खोजी कार्य भएको। केहि फेला नपरेको।  
• त्रिशूली-3A को पावरहाउस तथा टनेलमा नेपाली सेना-३५, नेपाल प्रहरी-१०, सशस्त्र प्रहरी बल-१० र आयोजनाका प्रतिनिधिहरुसहितको संयुक्त टोलीले टनेल र पावर हाउस इलाकामा खोजी कार्य गरिरहेको। 
• त्रिशूली-3B मा नेपाली सेनाका ८७ जना, नेपाल प्रहरी-४ जना, सशस्त्र प्रहरी बल-१० जना र आयोजनाका प्रतिनिधिहरु सहितको संयुक्त टोलीले ३x Excavator  को प्रयोग गरी ११ मिटर गहिराइमा उत्खनन गर्ने क्रममा करिब ४ फिटको बीम/पिलर तथा केही इँटाहरू फेला परेको। थप खोजी कार्य भइरहेको। 
*३. पुल जडान* 
• नुवाकोट जिल्ला, विदुर न.पा.-५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाका इन्जिनियरिङ फौजबाट खट्टिएको ५५ जनाको टोलीद्वारा पुल निर्माणको कार्य तीव्र रूपमा भइरहेको।
*४. जमिनी खोज तथा उद्धार र राहत*
• प्रभावित क्षेत्रका रसुवा र नुवाकोट जिल्लाका कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ्ग, मैलुङ, स्याफ्रूबेसी लगायत विभिन्‍न स्थानहरुमा पैदल गस्ती गरी खोजी कार्य गरिरहेको। 
• विदेशी सहितको संयुक्त टोलीले देवीघाट (करिब ५ कि.मि.) र टिमुरे इलाकामा Thermal Drone मार्फत खोजी कार्य गरेको। केही फेला नपरेको। 
• नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट आज २४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको। हालसम्म जम्मा ३५५९ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको। 
• रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ८ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेको।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार