काठमाडौं । नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।
मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा सो पदको पूर्ति गर्नका लागि गठित सिफारिस समितिमार्फत यो सूचना जारी गरेको हो ।
सूचना अनुसार, तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मिति (भदौ २३ गते) बाट २१ दिनभित्र सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यालय समयभित्र दरखास्त दिन सक्नेछन् ।