काठमाडौँ । नेपाल राष्ट्र बैंकले १८ भदौका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा मिश्रित प्रवृत्ति देखिएको छ। दुई दिन लगातार घटेको अमेरिकी डलर सामान्य बढेको छ भने युरो, बेलायती पाउण्ड र स्विस फ्र्याङ्कसहित अधिकांश प्रमुख मुद्रा सस्तिएका छन्।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर अघिल्लो दिनको १५१ रुपैयाँ ६३ पैसाबाट ३ पैसाले बढेर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसाबाट ३ पैसाले बढेर १५२ रुपैयाँ २६ पैसा कायम भएको छ।
युरोपियन युरोको खरिददर २९ पैसाले घटेर १७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० पैसाले घटेर १७६ रुपैयाँ १८ पैसा कायम भएको छ। बेलायती पाउण्डमा अझ ठूलो गिरावट आएको छ। यसको बिक्रीदर अघिल्लो दिनको २०६ रुपैयाँ ११ पैसाबाट ८० पैसाले घटेर २०५ रुपैयाँ ३१ पैसा पुगेको छ।
स्विस फ्र्याङ्क आज प्रमुख मुद्रामध्ये सबैभन्दा धेरै घटेको छ। यसको खरिददर १ रुपैयाँ १८ पैसाले घटेर १८६ रुपैयाँ ०५ पैसा र बिक्रीदर पनि १ रुपैयाँ १८ पैसाले घटेर १८६ रुपैयाँ ७९ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलरको बिक्रीदर २९ पैसाले घटेर १०८ रुपैयाँ ४६ पैसा र क्यानेडियन डलर ४९ पैसाले घटेर १०९ रुपैयाँ २६ पैसा कायम भएको छ। सिङ्गापुर डलर ६ पैसा र मलेसियन रिङ्गेट ५ पैसाले सस्तिएका छन्।
दक्षिण कोरियाली वन ९१००० भने ६ पैसाले बढेर ११ रुपैयाँ १४ पैसा पुगेको छ। कुवेती दिनारको बिक्रीदर १० पैसाले बढेर ४९५ रुपैयाँ ७२ पैसा, बहराइन दिनार नौ पैसाले बढेर ४०३ रुपैयाँ ८६ पैसा र ओमानी रियाल आठ पैसाले बढेर ३९५ रुपैयाँ ४८ पैसा कायम भएको छ।
भारतीय रुपैयाँ एक सयको बिक्रीदर १६० रुपैयाँ १५ पैसामा स्थिर रहेको छ।