सोमवार, आश्विन ५ गते २०८३

लगातार छैठौं दिन पनि घट्यो सुनको भाउ

मंगलवार , भाद्र १६, २०८३

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ घटेको छ। 

गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।हिजो (सोमबार) प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

सोमबार प्रतितोला चार हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ६५ रूपैयाँ किनबेच भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार