काठमाडौँ । नेपालमा पेप्सीलगायत पेय पदार्थको उत्पादन गर्दै आएको वरुण वेभरेजले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड उपलब्ध गराएको छ ।
वेभरेजका अधिकारीहरूले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर १ करोड १ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले आर्थिक सहयोगका लागि आग्रह गरेको थियो ।त्यसै अनुसार वरुण वेभरेज नेपाल प्रालिले उक्त रकम जम्मा गरेको हो ।