सोमवार, आश्विन ५ गते २०८३

सुनको भाउ घट्दा चाँदी स्थिर

सोमवार , भाद्र १५, २०८३

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ। 

आइतबार प्रतितोला नौ हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा दुई हजार चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

आइतबार सुन प्रतितोला तीन लाख नौ हजार रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, सोमबार चाँदीको मूल्य स्थिर छ।आइतबार प्रतितोला चार हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार