काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको शव धमाधम फेला पर्न थालेका छन् ।
यसैबीच काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शवगृह करिब भरिएको छ । त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विज्ञ डा. गोपाल चौधरीका अनुसार, अहिलेसम्म रसुवा बाढीका ६० वटा शव ल्याइएका छन् ।
जसमध्ये ८ वटाको पहिचान भइसकेको छ भने २८ वटाको पोस्टमार्टम भइरहेको छ । अब बढीमा १० वटा शव अट्न सक्ने डा. चौधरीले जानकारी दिए ।
‘हाम्रो क्षमता १५० हो , ८० वटा पहिलादेखि नै थियो । पहिचान खुल्न नसकेका शवहरू थिए,’ उनले भने, ‘हामीले अब राख्नसक्ने ७० वटा हो ।’