सोमवार, आश्विन ५ गते २०८३

भोटेकोसी र त्रिशूलीमा पानीको बहाव सामान्य : पूर्वानुमान महाशाखा

शनिवार , भाद्र १३, २०८३

काठमाडौं । रसुवाको भोटेकोसी र नुवाकोट हुँदै बहने त्रिशूली नदीमा यति बेला ९शनिबार बिहान ६ः१०० बजे पानीको बहाव सामान्य रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी नदीमा ठूलो उतारचढाव नदेखिएको महाशाखाका एसिस्टेन्ट हाइड्रोलोजिस्ट प्रभाकर यादवले जानकारी दिए ।

“भोटेकोसी र त्यसभन्दा तलको नदीमा पानीको बहाव सामान्य देखिएको छ,” उनले बाह्रखरीसित भने, “पानीको सतह तीव्र वृद्धि भएको देखिएको छैन ।”

चीनको तिब्बततर्फ यसअघि भीषण बाढी आएको स्थानको पछिल्लो स्थिति कस्तो छ भन्नेबारे थप जानकारी प्राप्त नभएको उनले बताए ।

यही भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै विनाशकारी बाढी रसुवा प्रवेश गरेको थियो । त्यो बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा जनधनको ठूलो क्षति गरिसकेको छ ।

सोही बाढी उत्पन्न भएको स्थानमा नदी थुनिएर अस्थायी ताल बनेको छ । त्यसले गर्दा खतरा कायमै रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार