काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले ३ वटा स्थान तोकेको छ ।
विदेशबाट हवाई माध्यममार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा जम्मा गरिनेछ । त्यसपछि सरकारले आवश्यकताअनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्नेछ ।
यसैगरी स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिनेछ ।
बाढी प्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा संघ–संस्थाले सरकारले तोकेका तिनै स्थानमा सामग्री पु¥याउनुपर्नेछ ।
सरकारले ती स्थानका सम्पर्क व्यक्ति र सम्पर्क टेलिफोन नम्बरहरू समेत तोकेको छ । जुन निम्न अनुसार रहेको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ं का प्रेस विज्ञ दिपा दाहालले जानकारी दिइन् ।
यसबाहेक इच्छुकदाताहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्ने दाहालले बताईन् ।
सहयोगको लागि निम्न अनुसार सम्पर्क व्यक्ति तोकिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (राष्ट्रिय आपतकालीन गोदामघर)ः
सम्पर्कः श्रद्धा भट्टराई (डब्लुएफपी प्रतिनिधि) – ९८४१८७९२२२
नेपाली सेनाको मैथेली ब्यारेक (बट्टार, नुवाकोट)ः
सम्पर्कः आविष्कार (नेपाली सेना) – ९८५१२३४३२४
बैरेनी ब्यारेक (धादिङ)ः
सम्पर्कः दिलिप घले – ९८५११५४२२६