सोमवार, आश्विन ५ गते २०८३

हिमताल फुटेर रसुवा बाढी आएको हुनसक्ने विज्ञहरूको प्रारम्भिक अनुमान

बुधवार , भाद्र १०, २०८३

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीले अकल्पनीय क्षति पुर्‍याएको छ । रसुवागढी भन्सार, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशुली, टिमुरे लगायतका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको देखिन्छ ।

बुधबार बिहान करिब ९ बजेतिर आएको बाढीको कारण भने अझै खुल्न सकेको छैन । यो क्षेत्रका विज्ञहरूले हिमताल फुटेर, हिमपहिरो वा नदीको बाँध भत्किएर बाढी आएको हुनसक्ने अनुमान लगाएका छन् ।

बाढी पहिरो सम्बन्धी अध्ययन गर्दैआएका भूगोलका प्राध्यापक नरेन्द्रराज खनाल तिब्बतमा हिमपहिरो आएर बाढी आएको हुनसक्ने बताउँछन् ।

‘अहिले प्रारम्भिक अनुमान मात्र गर्न सकिन्छ । चिनियाँ पक्षबाट पनि आधिकारिक जानकारी प्राप्त भइसकेको  छैन,’ उनी भन्छन्, ‘विस्तारै बग्ने हिमपहिरो (स्लो एभलान्चे)का कारण बाढी आएको हुनसक्दछ ।’

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार