सोमवार, आश्विन ५ गते २०८३

कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूह सर्वोच्चमा ,पेसी विहिबार

मंगलवार , भाद्र ९, २०८३

काठमाडौं । १५ औं महाधिवेशन रोक्न माग गर्दै नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ ।

निवेदनमाथि ११ भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । देउवा समूहको वारेस भएर अधिवक्ता श्रवणकुमार देवले निवेदन लिएर गएका थिए ।

सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निस्सा दिएपछि कांग्रेसको विवाद सर्वोच्चमा विचाराधीन छ ।

अब पुनरावलोकनको मुद्दाको टुंगो नलाग्दासम्म १५ महाधिवेशन गर्ने नमिल्ने जिकिर गर्दै देउवा समूहले निवेदन दिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार