सोमवार, आश्विन ५ गते २०८३

सौतेनी आमाले गरिन छोरीको हत्या

आइतवार , भाद्र ७, २०८३

काठमाडौँ । सप्तरीमा २ वर्षीया नाबालिकालाई उनकै सौतेनी आमाले हत्या गरेकी छन् ।  प्रहरीको प्रारम्भिक अनुसन्धानले यस्तो देखाएको हो ।

शम्भुनाथ नगरपालिका–३ घर भएका मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार घरबाट हराएको दुई घण्टामा मृत भेटिएकी थिइन् । 

घर पछाडिको झाडीमा भेटिएको शव प्रहरीले पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाएको छ । हत्यामा संलग्न आरोपमा १९ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरिएको सप्तरीका एसपी रूपक खड्काले बताए ।

मुस्कान मृतक नाबालिकाकी कान्छी आमा हुन् ।
 
मोहम्मद इरफानकी जेठी पत्नी र कान्छीको बिचमा विवाद भएको थियो । मृतकका बुवा मोहम्मद वैदेशिक रोजगारीका लागी कतारमा छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार