काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) पनि सुनको भाउ बढेको छ।
शुक्रबार प्रतितोला तीन हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा दुई हजार आठ सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला तीन लाख १६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ।शुक्रबार प्रतितोला चार हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।