काठमाडौँ ।नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ उच्च बढेको छ।
बुधबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा नौ हजार तीन सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख चार हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।बुधबार प्रतितोला चार हजार पाँच सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।