बुधवार, भाद्र ३ गते २०८३

घट्यो सुन-चाँदीको भाउ

बुधवार , भाद्र ३, २०८३

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ घटेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ यसदिन तोलामा दुई हजार सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख ६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।मंगलबार प्रतितोला चार हजार सात सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार पाँच सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार