बुधवार, भाद्र ३ गते २०८३

नेप्से परिसूचक २६२२ अंकमा कायम

मंगलवार , भाद्र २, २०८३

काठमाडौं । मंगलबार सेयर बजार १९.३४ अंक घटेको छ । अघिल्लो दिन जम्मा २.२५ अंक घटेकोमा आजको गिरावट दर बढेको हो । आजको कारोबारपछि नेप्से परिसूचक २६२२ अंकमा कायम भएको छ ।

आज ५७ कम्पनीको मूल्य बढेको छ भने २१७ को घटेको छ, त्यस्तै ५ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ५ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७ करोडको भयो ।

व्यापार बाहेक सबै समूहगत सूचक घटेका छन् । व्यापार ०.४१ प्रतिशत बढ्यो । उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै १.४० प्रतिशत घटेको छ ।

बैंकिङ ०.५९, विकास बैंक ०.५९, फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.८४, जलविद्युत् ०.९२, लगानी ०.८३, जीवन बीमा ०.७६, माइक्रोफाइनान्स ०.३९, निर्जीवन बीमा ०.५७ तथा अन्य ०.९७ प्रतिशत घटे ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार