सोमवार, आश्विन ५ गते २०८३

बढ्यो सुन–चाँदीको भाउ

सोमवार , भाद्र १, २०८३

काठमाडौँ ।नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ बढेको छ। 

आइतबार तोलामा तीन हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।आइतबार प्रतितोला चार हजार सात सय १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार