बुधवार, भाद्र ३ गते २०८३

देउवाले पटक- पटक गर्जिएर भने, "म हिन्दू हुँ म हिन्दू हुँ म हिन्दू हुँ"

आइतवार , श्रावण ३१, २०८३

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नेपाललाई हिन्दू राष्ट्र बनाउने कुरा नेपाली जनताको हातमा रहेको बताएका छन् । आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको उनको भनाइ छ ।

नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको भेलाको अन्तिम दिन सम्बोधन गर्दै ओलीले कांग्रेस हिन्दु राष्ट्रको पक्षमा हुनुपर्ने भनेर समर्थकहरूले उठाएका मागलाई सम्बोधन गरेका हुन् । सनातन हिन्दू राष्ट्रको विषयमा बोलिदिनुपर्‍यो भनेर उनलाई सहभागीले मञ्चमा चिट पठाएका थिए ।

जवाफमा देउवाले आफू हिन्दू धर्मावलम्बी भएको निकै जोड दिएर बताए, तर हिन्दू राष्ट्रको पक्षमा बोलेनन् । छोटो सम्बोधनक्रममा देउवाले कयौंपटक आफू हिन्दू भएको दोहोर्‍याएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार