सोमवार, आश्विन ५ गते २०८३

गगन थापाकै नेतृत्वमा पार्टी थप बलियो र सबल भएर अघि बढ्ने विश्वप्रकाशको दाबी

शुक्रवार , श्रावण २९, २०८३

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा पार्टी थप बलियो र सबल भएर अघि बढ्ने दाबी गरेका छन्।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै पार्टीभित्र देखिएका राजनीतिक तथा कानुनी विषय संवाद र संविधान, कानुन तथा पार्टी विधानको आधारमा समाधान हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘सभापतिले सबैलाई सँगसँगै जाऊँ भनेर प्रयास गरिराख्नुभएको छ। देशभरिका साथीहरूले व्यक्त गर्नुभएको दृढता र भावनाको जगमा पूर्ण विश्वासका साथ भन्न सक्दछु, आगामी दिनमा विकास भएर जाने जे हाम्रो सङ्कल्प छ, त्यो अबको दिनमा अझ बलियो भएर जान्छ। राजनीतिक विषय राजनीतिक ढङ्गले नै हल भएर जाने मूलतः त्यसको प्रकृति हुन्छ।’

नेपालको संविधान, कानुन, पार्टी विधान, इतिहासको निरन्तरता र पार्टीका कार्यकर्ताको भावनाका आधारमा कांग्रेसले राष्ट्रिय शक्तिका रूपमा आफ्नो भूमिका प्रभावकारी ढङ्गले निर्वाह गर्ने बताए।

उनले सर्वोच्च अदालतले वैशाख ४ गते नेपाली कांग्रेसका सम्बन्धमा निर्वाचन आयोगले गरेको अद्यावधिकलाई सदर गरेपछि पार्टीभित्र कसैको जित वा हारका रूपमा नलिई समाधान खोज्ने प्रयास गरिएको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार