सोमवार, आश्विन ५ गते २०८३

पत्रकार किशोर श्रेष्ठ भद्रकालीबाट महाराजगञ्ज सारिए

शुक्रवार , श्रावण २९, २०८३

काठमाडौं । बुधबार पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, भद्रकालीबाट महाराजगञ्जस्थित प्रहरी वृत्तको हिरासतमा सारिएको छ ।

परिसरमा थुनुवाको चाप भएकाले मुद्दा अभियोजनको सहजताका लागि बिहीबार बेलुकी उनलाई त्यहाँ सारिएको जिल्ला प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए ।

मुद्दाको अनुसन्धानका क्रममा उनीसँग भेट्न चाहने व्यक्तिलाई नियन्त्रित गरिएको प्रहरीले जनाएको छ । उनका अत्यावश्यक स्वास्थ्य सामाग्री परिवारबाट प्राप्त भएअनुसार प्रयोग गर्न दिइएको छ ।

उनीमाथि पत्रिका तथा अनलाइनमा प्रकाशित समाचारबाहेकका विषयमा अनुसन्धान गर्नुपर्ने कारण कम चाप हुने प्रहरी कार्यालयमा सारिएको केन्द्रीय प्रहरी स्रोतले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले उनका विभिन्न इलेक्ट्रोनिक्स डिभाइसमाथि अनुसन्धान अगाडि बढाएको छ । नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याव र सामाखुसीमा रहेको प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ती परीक्षण जारी रहेको स्रोतले जनाएको छ ।

उनका विभिन्न बैंक तथा वित्तीय संस्थाका कारोबार पनि अध्ययन भइरहेको स्रोतको भनाइ छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार