बुधवार, श्रावण २७ गते २०८३

फेसबुकमा अश्लील गाली गरेको आरोपमा रास्वपा कार्यकर्ता यादव पक्राउ

बुधवार , श्रावण २७, २०८३

काठमाडौँ ।सामाजिक सञ्जालमा अश्लील तथा गालीगलौज पूर्ण शब्द प्रयोग गरेको आरोपमा स्थानीय रवीन्द्र यादव पक्राउ परेका छन् । स्थानीय सागर यादवलाई लक्षित गरी फेसबुकमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा उनी पक्राउ परेका हुन् । रवीन्द्र रास्वपाको स्थानीय कार्यकर्ता रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यादवलाई मंगलबार साँझ गरुडा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । राजनीतिक तथा व्यक्तिगत विषयलाई लिएर सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।

सागरले गरुडा नगर क्षेत्रका समस्या, विकृति र विसंगतिबारे सामाजिक सञ्जालमा उठाएको विषयलाई लिएर रवीन्द्रले अश्लील शब्द प्रयोग गरी आलोचना गरेको बताइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार