बुधवार, श्रावण २७ गते २०८३

कोलम्बियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो

बुधवार , श्रावण २७, २०८३

काठमाडौं । कोलम्बियामा गएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य अझै जारी छ । उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरुको खोजी र उद्धारका लागि दिनरात खटिरहेका छन्।

पछिल्लो जानकारी अनुसार भूकम्पमा परी १८० भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। सबैभन्दा बढी क्षति काली र पेरेरा सहरमा भएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

गत सोमबार बिहान ७ः३४ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका धक्का पश्चिमी कोलम्बियाका सयौं माइल टाढासम्म महसुस गरिएको थियो । मंगलबार पनि भूकम्पपछि आउने परकम्पहरू महसुस भएका थिए।

सरकारी तथ्यांकअनुसार मृतकको संख्या १८१ पुगेको छ । तर, स्थानीय अधिकारीहरूले उपलब्ध गराएको तथ्यांकसमेत जोड्दा मृत्यु हुनेको संख्या २४० भन्दा बढी हुन सक्ने समाचार संस्थाहरुले जनाएका छन् । राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले देशमा आपत्काल घोषणा गरेका छन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार