काठमाडौं । करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको भव्य स्वागतको तयारी गरिएको छ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा स्वागतको तयारी भइरहेको छ। देउवा २८ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिनेछन्।देउवाको स्वागतमा करिब ५ देखि ७ हजार नेता कार्यकर्ता एयरपोर्टमा उपस्थित हुने अनुमान छ।
८२ फागुन १३ गते सिंगापुर उडेका देउवा राष्ट्रिय भेलाको छेको पारेर काठमाडौं फर्किन लागेका हुन्। आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट निस्सा पाएपछि यो समूह हौसिएको छ।