बुधवार, श्रावण २७ गते २०८३

कोलम्बिया भूकम्प : मृतकको संख्या १३२ पुग्यो, सयौं बेपत्ता

मंगलवार , श्रावण २६, २०८३

काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् ।

सरकारले प्रारम्भिक रूपमा १११ जनाको मृत्यु र ८७ जना घाइते भएको जनाएको थियो । तर कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजका अनुसार मृत्यु हुनेको संख्या १३२ पुगेको छ भने ५७० जना घाइते भएका छन् ।

कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार सोमबार गएको भूकम्प यो शताब्दीमा कोलम्बियामा गएको सबैभन्दा शक्तिशाली भूकम्प हो । भूकम्पका कारण पश्चिमी कोलम्बियाका काली, पेरेइरा, क्विब्दो र मानिजालेससहितका शहरमा ठूलो क्षति पुगेको छ । भूकम्पको धक्का छिमेकी इक्वेडर र पानामासम्म महसुस गरिएको थियो ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा रहेको चोको क्षेत्रको सान होसे डेल पालमारमा थियो । भूकम्प १०७ किलोमिटर गहिराइमा गएको थियो ।

भूकम्पपछि केही घण्टाभित्रै कम्तीमा २१ वटा परकम्पसमेत गएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार