काठमाडौं । काठमाडौं विश्वविद्यालयका रिक्त उपकुलपतिमा प्राडा विवेक बराललाई नियुक्त गरिने भएको छ ।
रिक्त उपकुलपतिमा आवेदन दिएकहरुको प्रस्तुतीकरण र अन्तर्वाता यसअघि नै सम्पन्न भएको छ ।
उपकुलपति छनोट तथा सिफारिस समितिले तोकेका कार्यविधि अनुसार आवेदकहरुमध्येबाट दश जनाको नाम संक्षिप्त सूचिमा राखेको थियो ।
संक्षिप्त सूचिमा बरालसहित दयाराम पोखरेल, निरञ्जन पराजुली,बालचन्द्र लुईटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने परेका थिए ।
संक्षिप्त सूचिमा परेकाहरुमध्येबाट प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा सिफारिस समितिले तीन जनाको नाम विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ ।
स्रोतका अनुसार बराललाई तयारी अवस्थामा रहन शिक्षा तथा खेलकुद मन्त्रालयबाट जानकारी गएको छ । साथै, उनलाई सोमबार साँझ मन्त्रालयमा बोलाइएको छ ।